माघ १० । मंगलबार सुनको मूल्य उकालो लागेको छ भने चाँदीको ओरालो लागेको छ । आज सुनको मूल्य १ हजारले बढ्दै वर्षकै अत्यधिक कायम भएको छ ।
आज छापावाला सुन तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन तोलामा १ लाख ४ हजार ८ सय रुपैयाँँमा कारोबार भएको थियो ।
आज चाँँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँँमा कारोबार भएको थियो ।