माघ १० । नेपालको पश्चिमी क्षेत्रमा ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ । भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । भूकम्पले सुदूरपश्चिमका विभिन्न ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।