Devdaha Tv | शिक्षा / प्रविधि
चैत्र १८ | 2023 Apr 01
Flash News

सगरमाथा मा.वि.मा सरस्वती पूजा एवम् अक्षरारम्भ कार्यक्रम सम्पन्न

2 months ago
सगरमाथा-मा.वि.मा-सरस्वती-पूजा-एवम्-अक्षरारम्भ-कार्यक्रम-सम्पन्न

माघ १२ । सगरमाथा आवासीय मा.वि.देवदह —७ शीतलनगरमा सरस्वती पूजा एवम् अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । श्री पञ्चमीको अवसर पारी विद्याकी देवी सस्वतीको पूजा आराधना धार्मिक परम्पराअनुसार सम्पन्न भएको हो । साथै श्री पञ्चमीको शुभ साइतमा ३ बर्ष उमेर पुगेका नानी बाबुहरुलाई अक्षर चिनाउने र लेखाउने कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको विद्यालयले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्याकी देवी सरस्वतीप्रति श्रद्धा र भक्तिपूर्वक अध्ययन गरी संस्कारसहितको शिक्षालाई व्यवहारिक रुपमा लागु गराउनु पर्नेमा जोड दिनुभयो । मानव जीवनमा कुनै विशिष्ट समय वा साइतले जीवनमा आमुल परिवर्तन ल्याउन सक्ने हुँदा सम्पूर्ण विद्यार्थीहरुले सरस्वती पूजालाई विशेष अध्ययनको साइत मानी वर्षैभरि अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । 

उक्त कार्यक्रममा  देवदह क्षेत्रका १०० बढी विद्यार्थीहरु, विद्यालयका करिब ६०० विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको विद्यालयले जनाएको छ । 

उक्त कार्यक्रममा  विद्यालयका पुजारी सुरज पौडेलले मन्त्रवाचन सहित पूजा सम्पन्न गराउनुभएको थियोे । सरस्वती पुजाको अवसरमा विद्यालयमा कार्यरत्र इन्ट्रयाक्ट क्लबका सदस्यहरुले शितलनगर आसपासका क्षेत्रहरुमा सरसफाइ अभियान समेत संचालन गरेका थिए । 

उक्त कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।