Devdaha Tv | राजनीति
चैत्र १८ | 2023 Apr 01
Flash News

भूमिसम्बन्धी समस्या समाधान हुन्छ : सांसद विश्वकर्मा

2 months ago
भूमिसम्बन्धी-समस्या-समाधान-हुन्छ-:-सांसद-विश्वकर्मा

माघ १३ । सुकुम्वासी, अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सरकारले प्राथमिकता दिएको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले सरकारले पूर्णता पाए संगै सम्पूर्ण भूमिसम्बन्धी समस्या समाधान हुनेमा जोड दिनु भयो । युगज्योति माध्यमिक विद्यालय देवदह–६ कोे ३७ औं बार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । 

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका सांसद विश्वकर्माले समय अनुकुल शिक्षा निती निर्माण गर्न आवश्यक रहेको बताउदै सरकारले शिक्षा निती बनाउने बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने गरी अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले शैक्षिक गुणस्तर सुधार गर्न सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको पहल हुनुपर्ने औल्याउनु भयो । सांसद विश्वकर्माले प्राविधिक र व्यवसायीक शिक्षाको लागि जोड दिनु पर्ने बताउदै गुणस्तरीय शिक्षा उपलव्ध गराउन सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले अहिलेको जनादेश सबै मिलेर अगाडि बढ्नु भन्ने रहेको उल्लेख गर्दै सरकारले साझा नीति कार्यक्रम सार्वजनिक गरिसकेको बताउनु भयो । उहाँले अहिले देशमा आर्थिक अवस्था जरजर भएकोले सरकारले भनेजस्तो काम गर्न सक्ने अवस्था नरहेको दुखेसो गर्नु भयो । उहाले देवदह नगरपालिकामा संचालन भएको नगर अस्पतालबाट अबका दिनमा स्वास्थ्य बिमा संचालन गर्ने गरी स्वीकृत प्राप्त भईसकेको बताउदै सरकारले लागु गरेको स्वास्थ्य विमा संग नागरिक जोडिनु पर्नेमा जोड दिनु भयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, निर्मला चौधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–६ का वडाअध्यक्ष खेमबहादुर थापा, विद्यालयका संस्थापक अध्यक्ष जसमान गुरुङ्ग, सल्लाहकार वासुदेव रिमाल, शिक्षक अभिभावक संघका गणेश बस्याल, भविष्य निर्माण माविका गोविन्द भूषाल, देवदह जेसिसका अध्यक्ष दुर्गा दहाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद ढुंगानाले शैक्षिक प्रगति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममाा बार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुदका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । यसैगरी विद्यालयमा अध्यापनरत शिक्षक र अभिभावकहरुलाई सम्मान गरिएको थियो । 

विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद पाण्डेको स्वागत र शिक्षिका शिला मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।