Devdaha Tv | राजनीति
चैत्र १८ | 2023 Apr 01
Flash News

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

2 months ago
अभिनेत्री-एलिजा-गौतम-नागरिक-उन्मुक्ति-पार्टीमा-प्रवेश

माघ १५ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नु भएको छ । 

शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री तथा नेपाली चर्चित पत्रकार ऋषि धमलाकी पत्नी गौतमलाई पार्टीमा प्रवेश गराउनु भएको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सो पार्टीका संस्थापक रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ एलिजालाई पार्टि प्रवेश गराउन आज बिहान भैरहवा आउनु भएको थियो । 

पार्टी प्रवेश गर्दै गौतमले गौरवशाली पार्टीमार्फत आफ्नो राजनीतिक जीवनको अध्याय सुरु गरेको बताउनु भएको छ । उहाँले राजनीतिक प्रवेशले समाज र देशप्रतिको दायित्वबोध गराएको अनुभूति गरेको जिकीर गर्नु भएको थियो । गौतमले सेवाभावले नै राजनीतिमा हाम फालेको उल्लेख गर्दै आफूलाई खरो रुपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । जनताका आवाजलाई बुलन्द बनाउनु सबैको कर्तव्य रहेको भन्दै गौतमले राजनीतिक सक्रियताले आवाजविहीनहरुको आवाज बोल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले जनताको उत्थानमा लाग्ने कुरामा विशेष जोड दिनु भएको थियो । गौतमले नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरालतको स्थापना गर्नु आजको आवश्यकत्ता रहेको औल्याउनु भयो । गौतमले देश र जनताको जीवनस्तर उकास्ने दायित्वबोधका साथ सामूहिक भावनाले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

पार्टी प्रवेश गरेपनि गौतमको जिम्मेवारी भने टुंगो लागि सकेको छैन् । 

एलिजासँगै बर्दियाका बैंकर व्यवसायी राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्नु भएको छ ।