Devdaha Tv | स्थानीय
चैत्र १८ | 2023 Apr 01
Flash News

देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने

2 months ago
देवदह-महोत्सवद्वारा-आयोजित-सिङ्गिङ्ग-र-डान्सिङ्ग-आइडलको-अडिसन-माघ-२१-गते-हुने

माघ १७ । देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग र डान्सिङ्ग आइडलको अडिसन माघ २१ गते हुने भएको छ । 

देवदहको होटल डिभाइन पिसमा माघ २१ गते हुने महोत्सवको सांस्कृतिक उपसमिति अन्तरगत आइडल समितिका संयोजक तेजु अर्यालले जानकारी दिनु भयो । संयोजक अर्यालका अनुसार महोत्सवको सचिवालयबाट अडिसन फारम वितरण भईरहेको छ । 

सबै उमेर समुहका नेपाली नागरिक सहभागी हुन पाउने उक्त अडिसनमा छनौट हुने उत्कृष्ट १० जनालाई आइडलमा सहभागी बनाउने आयोजकले जनाएको छ । लाइभ म्युजिकमा हुने अडिसनमा पर्सनल कोचको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

महोत्सवको सिङ्गिङ्ग आइडलको संयोजक राष्ट्रिय कलाकार तेजु अर्याल रहनु भएको छ भने र डान्सिङ्ग आइडलको संयोजक नृत्य प्रशिक्षक मोहन गुरुङ रहनु भएको छ ।