Devdaha Tv | समाचार
चैत्र १७ | 2023 Mar 31
Flash News

नेपाल मगर संघ थेगु शाखाको तेस्रो महाधिवेशन फ्रेब्रुअरी ५ तारिकमा हुने

1 month ago
नेपाल-मगर-संघ-थेगु-शाखाको-तेस्रो-महाधिवेशन-फ्रेब्रुअरी-५-तारिकमा-हुने

माघ १९ । प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा, धर्म, कला र संस्कृतिको संरक्षण संवद्र्धन संगै "आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता” भन्ने मूल नाराको साथ दक्षिण कोरियाको थेगु क्षेत्रमा गठन गरिएको नेपाल मगर संघ थेगु शाखाको आसन्न तेस्रो अधिवेशन तथा खेलाडी एवं कलाकार सम्मान कार्यक्रम २०२३ हुने भएको छ।

दषिण कोरियाको थेगु शहर आसपास रहने समस्त मगरहरूको साझा संस्था रहेकोले संस्थामा आबद्द भई आजीवन तथा साधारण सदस्यता लीन र उपस्थितिको लागि अध्यक्ष चिरन थापा मगरले आग्रह गर्नुभएको छ ।
यही २०२३ फ्रेब्रुअरी ५ तारिक आइतबारको दिन हुने उक्त महाधिवेशन तरेवा सेकुवा रेष्टुरेण्ट थेगुमा हुने संघ जनाएको छ ।