सगरमाथा आवासीय मा.वि., देवदह–७ रुपन्देहीमा खेल सप्ताह अन्तर्गत बिहिबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यार्थीहरुको सर्वाङ्गीण विकासको अवधारणा अनुरुप “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नारालाई आत्मसाथ गर्दै यहि माघ १७ देखि २० गते सम्म बृहत खेल सप्ताहको आयोजना गरिएको हो । बिहिबार देवदह क्रिकेट मैदानमा कक्षा ५, ६ र ७ मा अध्ययन गर्ने २५० बढी विद्यार्थीहरुको बिचमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भए । कक्षा ५ को १०० मिटर दौडमा छात्र तर्फ कुसल अधिकारी, बसन्त बि.क र शौरभ रसाइली तथा छात्रा तर्फ राधा बराल, सिजल रेग्मी र दियाना श्रेष्ठले क्रमश प्रथम, द्धितीय, र तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ६ र ७ को प्रतियोगितामा छात्र तर्फ कपिल राना, सौरभ हमाल र समिर राना तथा छात्रातर्फ सुस्मिता सारु, सिभानी सारु, अनिता बराल एवं सुचना सुनारले क्रमश प्रथम, द्धितीय, र तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी २०० मिटर दौडमा कक्षा ५ बाट छात्रतर्फ कुशल अधिकारी, बिराट राना र बसन्त बि.के.ले क्रमश प्रथम, द्धितीय, र तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा ६ र ७ मा सञ्चालित २०० मिटर दौडमा छात्रतर्फ कपिल राना, समिर राना, र सौरभ हमालले क्रमश प्रथम, द्धितीय, र तृतीय स्थान हासिल गरेका छन् । कक्षा ५, ६ र ७ मा सञ्चालित २०० मिटर दौडमा छात्रा तर्फ अनिता बराल, सुस्मिता सारु, सिभानी सारु, स्मृति न्यौपानले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका छन् । बिहिबारै कक्षा २, ३ र ४ का बिद्यार्थीहरुको बिचमा विद्यालय मैदानमा सञ्चालन गरीएको कुर्सि दौडमा कक्षा २ बाट छात्र तर्फ रोहन खनाल, आयन ढुङ्गाना, डेबिड राना र छात्रा तर्फ रोजीना पौडेल, अस्मिता पुरी, जेनिसा थापाले क्रमश प्रथम, द्धितीय, र तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ३ र ४ मा छात्र तर्फबाट बिबस घर्ती, डेबिड राना, साइन पुन र छात्रा तर्फ जेसिका ढकाल, प्रकृति पौडेल र न्यान्सी बस्यालले क्रमश प्रथम, द्धितीय, र तृतीय स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।