Devdaha Tv | समाचार
चैत्र १८ | 2023 Apr 01
Flash News

देवदह मा.वि.को ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

1 month ago
देवदह-मा.वि.को-३९-औँ-वार्षिकोत्सव-तथा-अभिभावक-दिवस-समारोह-सम्पन्न

माघ १९ । रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिहिबार एक विशेष कार्यक्रम आयोजना गरि समारोह सम्पन्न गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षाको विकासका लागि नगरपालिका महत्वपूर्ण रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले शिक्षा जीवन उपयोगी हुनु पर्ने बताउदै अहिलेको समयमा प्राविधिक विषयमा अध्यन अध्यापन गराउन जरुरी रहेको बताउनुभयो । नगर प्रमुख खरेलले शैक्षिक  प्रमाणपत्र हातमा भएर पनि पलायन हुने समस्याको अन्त्य गर्न जरुरी रहेको आवश्यकता औंल्याउँदै देवदहको मुटुमा रहेको देवदह माध्यमिक विद्यालयलाई नगरबासी , अभिभावक सबैले सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
सोही अवसरमा उप प्रमुख विद्या लक्ष्मी गुरुङ्ग , देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टीका न्यौपाने, पुर्व विद्यार्थी समाजका उमाकान्त अधिकारी, जनप्रीय माध्यमिक विद्यालयका प्रधानाध्यापक गायत्री प्रसाद खरेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जगन्नाथ अधिकारी लगाएतले बोल्दै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बाहिनीपती ९२२ नं बहिनी अड्डा व्रिगेडिएर जर्नेल नवराज गुरुङ्ग, गरुणदलगण गणपति दिपेन्द्र न्यौपाने, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारी, वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डे, वडा नं ७ का पुर्व वडा अध्यक्ष पदम थापा, देवदह खानेपानीका अध्यक्ष गुमान सिंह कँुवर, विद्यालय व्यवस्थापन समितिका सदस्य, पुर्व समिति, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षता, विद्यालयका शिक्षक हरि पाण्डेको स्वागत र शिक्षकद्धय इन्दिरा अर्याल र बाबुराम पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।