Devdaha Tv | खेलकुद
चैत्र १८ | 2023 Apr 01
Flash News

सगरमाथा खेल सप्ताह अन्तर्गत आज विभिन्न खेलहरु सम्पन्न

1 month ago
सगरमाथा-खेल-सप्ताह-अन्तर्गत-आज-विभिन्न-खेलहरु-सम्पन्न

माघ २० । स्वर्णीम सगरमाथा कलेज देवदह–७, रुपन्देहीमा जारी खेल सप्ताह अन्तर्गत आज कक्षा ११, १२ र बि.बि.एस.मा अध्ययन गर्ने विद्यार्थीहरुबिचमा भएको छात्र रिले दौड प्रतियोगीतामा प्रिन्सा पन्थि, आकृती तिवारी, आरती जि.सि. र भुमिसरा रानाको समुह, जमुना चौधरी निशा थनेट, एभ्रिल थापा र मनुजा वि.क. को समुह र बिदिसा गुरुङ्ग, जस्तिना श्रेष्ठ र केशमाया थापाको समुहले क्रमश प्रथम, द्धिप्तिय र तृतिय स्थानहासिल गरेका छन् ।

त्यसै गरि छात्रा तर्फ सम्पन्न १०० मिटर रेसमा जमुना गरुङ्ग, प्रिन्सा पन्थि र छात्रतर्फ तुल बहादुर श्रीष, सुजन थापा र साजन थापाले क्रमश प्रथम द्धितिय र तृतिय स्थान हाँसिल गरेका छन् । त्यसै गरि छात्र तर्फ संञ्चालन गरिएको ४०० मिटर खुला दौड प्रतियोगितामा सोनिक सुवेदी, दिप्सन ठकुरी र विनम गुरुङ्गले क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका छन् । आज टग अफ बाट र फुटबल प्रतियोगिताका प्रारम्भीक प्रतियोगिता सम्पन्न भएको र अन्तिम चरणका खेलहरु भेली शनिबार खेलाइने कलेजका सह प्राचार्य प्रदिप अधिकारीले जानकारी गराउनु भयो ।