Devdaha Tv | खेलकुद
चैत्र १८ | 2023 Apr 01
Flash News

रुपन्देहीको देवदहमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता हुने

1 month ago
रुपन्देहीको-देवदहमा-दोस्रो-अन्तरपालिका-कर्मचारी-स्तरीय-फुटबल-प्रतियोगिता-हुने

माघ २० । रुपन्देहीको देवदहमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल निजामति कर्मचारी संगठन देवदह नगर इकाई समितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना हुने भएको हो । खेलबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । प्रतियोगिता यहि माघ २४ देखि २८ गतेसम्म देवदह ५ पानबारी खेलमैदानमा सञ्चालन हुनेछ ।

कर्मचारीहरुको शारिरिक तथा मानसिक स्वास्थ्य अभिवृद्धि हुने तथा कर्मचारीहरुको बिचमा पारस्परिक सम्बन्ध स्थापित हने गरि प्रतियोगितको आयोजना गरिएको संगठनका अध्यक्ष विष्णु प्रसाद बस्यालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने गरि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले देवदह नगरपालिकालाई खेलमैत्री नगर बनाउनेगरी प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । संगठनले आयोजना गरेको प्रतियोगिता अवधिभर सेवाग्राहीलाई असर नगर्ने गरी कार्यसम्पादनलाई अगाडि बढाउने बताउनुभयो ।

प्रतियोगितामा रुपन्देही जिल्लाका १६ वटै पालिकाका कर्मचारीहरुको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा करीब साडे नौ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३१ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुमन थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलमा एक हजार नगद सहित १ जनालाई म्यान अफ् द म्याच प्रदान गरिने र प्रतियोगिता अवधिभर उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडि, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई नगद ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पेशागत महासंघ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ देवदह नगर ईकाई समितिको सहयोग रहने संगठनले जनाएको छ ।