फागुन ८ । सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा फागुन ९ गते मङ्गलबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक पुष्कल शर्मा आउनु हुने भएको छ।
भोलि मंगलबारका दिन शर्मा संगै आधुनिक गायक तेजु अर्याल, प्रसान्त गैरे, लोक गायक डोलराज न्यौपाने, विधान कार्की, राजन राज सिवाकोटी साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले बताउनु भयो।
देवदह उद्योग व्यापार संघको आयोजनामा यहि फागुन २६ गते देखि सुरु भएको महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ।
मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भईरहेका छन् ।
महोत्सव सञ्चालन भएको एकदुई दिन सन्तोष जनक व्यापार भएको मेलामा अहिले भने दर्शकहरुको भीड देख्न सकिन्छ। राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु नाच्ने, रमाउने गरेको देख्न पाइन्छ। साथै मेलामा बालउद्यान समेत रहेकाले पनि साना देखि ठूला सम्मका दर्शकहरु आउने गरेका छन्।
स्थानीय रुपमा देवदह क्षेत्रका विभिन्न विद्यालय, विद्यालय बीच खेल कार्यक्रम, डान्स, गायन जस्ता विभिन्न कार्यक्रमहरुले पनि महोत्सवको रौनक बढेको देख्न पाइन्छ।