Devdaha Tv | राजनीति
चैत्र १८ | 2023 Apr 01
Flash News

राष्ट्रपति पदका लागि कांग्रेसका पौडेल र एमालेका नेम्वाङबीच प्रतिस्पर्धा हुने 

1 month ago
राष्ट्रपति-पदका-लागि-कांग्रेसका-पौडेल-र-एमालेका-नेम्वाङबीच-प्रतिस्पर्धा-हुने-

फागुन १३ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मनोनयपत्र दर्ता गर्नु भएको छ । यी दुई नेताबीच राष्ट्रपति पदका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । 

कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

नेम्बाङले पनि संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । 

कांग्रेसका उम्मेदवार पौडेलको उम्मेदवारीलाई नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । 

त्यस्तै नेम्बाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनु भएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनु भएको छ । 

उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनु भएको छ ।