Devdaha Tv | खेलकुद
चैत्र १७ | 2023 Mar 31
Flash News

पत्रकार र कर्मचारीविच भएको खेलमा कर्मचारी टिम विजयी 

1 month ago
पत्रकार-र-कर्मचारीविच-भएको-खेलमा-कर्मचारी-टिम-विजयी-

फागुन १३ । नेपाल मगर युवा संघ देवदह नगर समितिले ४१ औं मगर एकता दिवसको अवसरमा आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा देवदह नगरपालिकाको कर्मचारी समूह विजयी भएको छ ।

देवदह नगरपालिकाका कर्मचारी र स्थानीय पत्रकार विच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा देवदह नगरपालिका कर्मचारी समूह विजयी भएको हो ।

कर्मचारी टिमले २५–१२ २५–२१ र १५–५ गरि ३ सेटमा विजयी भइ पत्रकार समूहलाई पराजित गरेको हो।

प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले खेलकुदको क्षेत्रबाट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम बढाएको बताउनु भयो। खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सकारात्मक रहेको समेत नगरप्रमुख खरेलको भनाई थियो। 

प्रतियोगितामा २० वटा समूहको सहभागीता रहेको छ।फाल्गुन १४ गते बिहान ९ बजेदेखी खेल नियमित रुपमा संचालन खेल संयोजक ओम प्रकाश पुनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ३३ हजार नगदसहित शिल्ड र मेडल, द्धितिय हुने टिमले २२ हजार नगद, शिल्ड, मेडल, तृतीय हुने टिमले १२ हजार नगदसहित, शिल्ड, मेडल र सान्त्वना हुने टिमले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।