Devdaha Tv | स्थानीय
चैत्र १८ | 2023 Apr 01
Flash News

क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह आदर्श क्याम्पसमा तालाबन्दी

4 weeks ago
क्याम्पस-प्रमुख-र-निर्वाचन-अधिकृतको-राजिनामा-माग-गर्दै-देवदह-आदर्श-क्याम्पसमा-तालाबन्दी

फागुन १९ । क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै  देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन आचारसंहिता विपरित टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा तडक–भडक शैलीमा कार्यक्रम गरेको र त्यसका विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसकेको आरोप लगाउंदै क्याम्पसमा क्रियाशील नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन्। 

“चैत ५ गते हुन गईरहेको स्ववियू निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरिसकेको अवस्थामा फाल्गुन १९ गते क्याम्पस हाताभित्र अनेरास्ववियुले  तडकभडक शैलीमा गरेको कार्यक्रमको घोर भत्सर्ना गर्दछौ”जारि विज्ञप्तिमा उल्लेख छ। उक्त कार्यक्रमबारे क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ। 

क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामासंगै अनेरास्ववियुको दर्ता खारेजीको समेत माग गर्दै विज्ञप्तिमा सहज र सौहार्दपूर्ण वातावरणमा स्ववियू निर्वाचन सम्पन्न गर्न माग गरिएको छ। 

विज्ञप्तिमा नेविसंघका ईकाइ सभापति देवीलाल ढकाल, अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष रविन न्यौपाने र अनेरास्ववियूका ईकाइ अध्यक्ष शिशिर भट्टराईले हस्ताक्षर गरेका छन्।