फागुन १९ । देवदह नगर अस्पतालमा स्वास्थ्य बिमा प्रथम सेवा विन्दु शुभारम्भ गरिएको छ । स्वास्थ्य बिमा बोर्डको स्वीकृतीले नगर अस्पतालमा स्वास्थ्य बिमा प्रथम सेवाको एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
आमनागरिकलाई स्वास्थ्यमा पहँुच पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा प्रथम सेवा बिन्दु नगर अस्पतालबाट शुरु गरिएको नगरपालिकाले जनाएको छ । अहिले देवदह नगरपालिकामा स्वास्थ्य बिमा गर्नेहरु ११ हजार भन्दा बढिरहेको स्वास्थ्य शाखाले जनाएको छ । १६ वटा पालिका रहेको रुपन्देही जिल्लामा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्रको रुपमा देवदह नगर अस्पताल पहिलो बन्न सफल भएको छ । नेपाल सरकारले अगाडि सारेको एक पालिका एक अस्पताल अवधारणा अनुसार देवदह नगरपालिकाले नगर अस्पताल संचालन गरी स्वास्थ्य बिमा प्रथम सेवा बिन्दुको रुपमा संचालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य बिमा प्रथम सेवा विन्दु शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले जनताको जीवन रक्षा गर्न स्वास्थ्य बिमाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले स्वास्थ्य बिमा कार्यक्रम सम्पूर्ण नागरिक सम्म पु¥याउन आवश्यक रहेकोमा जोड दिनु भएको थियो । उहाँले स्वास्थ्य बिमाको महत्वको बारेमा आम नागरिकलाई सचेत बनाउन सके नगर अस्पतालमा संचालनमा ल्याएको स्वास्थ्य बिमा प्रथम सेवा विन्दु प्रभावकारी हुनेमा जोड दिनु भयो । सांसद विश्वकर्माले शिक्षा, स्वास्थ्य नागरिकको पहुँचमा पुग्न आवश्यक रहेको बताउँदै स्वास्थ्य बीमामा नागरिकलाई जोडन आवश्यक रहेको औल्याउनु भयो । उहाँले नगर अस्पतालको विकासको लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर अस्पतालबाट प्रवाह हुने सेवा सुविधा सहज र सुलभ हुनु पर्नेमा जोड दिनु भएको थियो ।
देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।