Devdaha Tv | खेलकुद
चैत्र १८ | 2023 Apr 01
Flash News

पाल्हीनन्दनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

3 weeks ago
पाल्हीनन्दनमा-जिल्ला-स्तरीय-राष्ट्रपति-रनिङ-शिल्ड-प्रतियोगिता-सुरु

रंजीत शर्मा, नवलपरासी । फागुन २० । पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुरमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शनिवार देखि पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुरमा स्थित श्री हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहको सहभागिता रहेको छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री ध्रुव वहादुर प्रधानले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउनुभयो । उहाँले परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छाशक्तिको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।  उहाँले यस क्षेत्रको विकासका लागि कुस्ती र कब्बडी खेलको लागि कभर्ड हलको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाई जम्प, लङ जम्प लगायतका महिलातर्फ र पुरुषतर्फ गरी ३६ इभेन्टमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू महरले जानकारी दिनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमूख भगवती यादव, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक), उपाध्यक्ष फतिमा खातुन अन्सारी सकिना, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव, सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, वडा नं २ का अध्यक्ष जगदिश गुप्ता, पत्रकार लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।