Devdaha Tv | शिक्षा / प्रविधि
चैत्र १८ | 2023 Apr 01
Flash News

सगरमाथा माविमा एसईईका विद्यार्थी बिदाई कार्यक्रम सम्पन्न

3 weeks ago
सगरमाथा-माविमा-एसईईका-विद्यार्थी-बिदाई-कार्यक्रम-सम्पन्न

फागुन २४ । सगरमाथा आवासीय मा.वि. देवदह —७ शीतलनगरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई नजिकिदै गरेको एसईई परीक्षा सफलताको शुभकामना दिदै बिदाई कार्यक्रम सम्पन्न गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलज्युले आगामी एसईई विद्यार्थीहरुको अथक मिहिनेत र निरन्त्तर प्रयासले गर्दा राम्रो नजिता प्राप्त हुने आसा विद्यालयले गरेको बताउनु भयो । कार्यक्रममा कक्षा ९को तर्फबाट छात्रा बर्षा रिजालले स्वागत मन्तव्य राखेकि थिइन भने विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्लेले बिदाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कक्षा १० का छात्राहरु ओजस्वी न्यौपाने र शिक्षा पौडेलले आफ्नो विद्यालय अध्ययनका अनुभव व्यक्त गर्दै विद्यालयले आफुहरुको रेखदेख र पढाई प्रति गरेका हरेक क्रियाकलापहरु स्वागत योग्य भएको बताएका थिए । 

उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो र कक्षा १० का विद्यार्थीहरुले विद्यालय तथा शिक्षकहरुलाई मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रम कक्षा ९ कि छात्रा कृति न्यौपानेको अध्यक्षता र नेत्र भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।