मणिग्राम, २५ फागुन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् ।
पछिल्लोपटक समापन भएका खेलकुदमध्ये छात्रतर्फको भलिबलमा वी.वी.एस. पहिलो वर्षका थमन सिंजालीको समूह पहिलो भएको छ भने कक्षा ११ व्यवस्थापन समूह दोस्रो भएको छ ।
त्यस्तै छात्रातर्फको भलिबलमा वी.एड. पहिलो वर्षका हिरा अधिकारीको समूह पहिलो र वी.वी.एस. पहिलो वर्षका रोशनी मगरको समूह दोस्रो भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।
क्याम्पसले सञ्चालन गरेको हाजिरीजवाफ प्रतियोगितामा वी.एड. तेस्रो वर्षको समूह पहिलो, एम.वी.एस. तेस्रो सेमेष्टर समूह दोस्रो र वी.वी.एस. तेस्रो वर्षको समूह तेस्रा भएका थिए ।
त्यसैगरी डोरी तान्ने, घैंटो फोर्ने, कुर्ची दौड लगायतका प्रतियोगिता पनि सम्पन्न भएका छन् ।