Devdaha Tv | राजनीति
चैत्र १८ | 2023 Apr 01
Flash News

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित 

3 weeks ago
राष्ट्रपतिमा-कांग्रेस-नेता-रामचन्द्र-पौडेल-निर्वाचित-

फागुन २५ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत प्राप्त गर्नु भएको छ । त्यसैगरी पौडेलका निकटतम् प्रतिस्पर्धी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत प्राप्त गर्नु भएको छ । ५ मत भने बदर भएको छ । 

नयाँ राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको निर्वाचनमा कुल कुल ८३१ मत खसेको थियो । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहेका थिए भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भएका थिए । त्यस्तै प्रदेशतर्फ  ५५० मध्ये ५१८ मत खसेको थियो । 

पूर्व सभामुखसमेत रहनु भएका पौडेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थन रहेको थियो भने सभामुख नेम्वाङलाई एमालेको साथ रहेको थियो ।