Devdaha Tv | खेलकुद
चैत्र १८ | 2023 Apr 01
Flash News

आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा पिएनजीको जित 

3 weeks ago
आईसीसी-क्रिकेट-वल्ड-कप-लिग-२-अन्तर्गतको-अन्तिम-त्रिकोणात्मक-सिरिजको-दोस्रो-खेलमा-पिएनजीको-जित-

मिना गैरे, फागुन २६ । आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा पपुवा न्यू गिनी पिएनजीले जित हात पारेको छ । शुक्रबार त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ५६ रनले हराउँदै पिएनजीले जित हात पारेको हो । टस हारेर ब्याटिङ्को निम्तो पाएको पिएनजीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । पिएनजीले दिएको लक्ष्य पछ्याएको यूएई ४२ ओभर २ बलमा १९० रनमा समेटियो ।

 

पिएनजीका लागि सेसे वउले नटआउट रहँदै सर्वाधिक ८१ रन बनाएका थिए । पिएनजीका हिरी हिरीले ७७ र किल्पलिन डोरिगाले ५५ रन जोडे भने सड सोपर नोर्मान भनुआले १०÷१० रनको योगदान गरे । त्यस्तैगरी चाल्र्स अमिनी हिला भेरले समान ४ रन जोडे भने रिले हेकुरे र कबुआ मोअरेले १÷१ रन जोडे ।

 

युएईका लागि आर्यन लकराले सर्वाधिक ५१ रन बनाए भने मुहम्मद बसिमले ४१ रनको योगदान गरे । युएईका चुन्दागपोयिली रिजवानले १९ रन बनाए भने जबर फरिद, कार्तिक मेईयापन, आसिफ खानले क्रमशः १९ १४ ११ रनको योगदान गरे । त्यस्तैगरी यूएईका रोहन मुस्तफाले ११ रन बनाउँदा जहोर खानले २ रन बनाए । यूएईका अर्का खेलाडी जुनाईड सिद्धिकेले नटआउट रहँदै २ रन बनाएका थिए ।

 

पिएनजीका लागि रिले हेकुरेले ३ विकेट लिएका थिए भने असद भाला र कबुआ मोअरेले समान २÷२ विकेट लिएका थिए । त्यस्तैगरी सेमो कमिआ र नोर्मानले १÷१ विकेट लिएका थिए ।

 

यूएईका लागि अफजल खानले ३, जुनाईड सिद्धिके र जाहोर खानले समान २÷२ विकेट लिएका थिए । त्यस्तैगरी मुस्तफा र कार्तिकले १÷१ विकेट लिएका थिए ।