Devdaha Tv | खेलकुद
चैत्र १८ | 2023 Apr 01
Flash News

राममणि क्याम्पसमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न

2 weeks ago
राममणि-क्याम्पसमा-विविध-खेलकुद-तथा-अतिरिक्त-क्रियाकलाप-सम्पन्न

मणिग्राम, २७ फागुन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् ।

पछिल्लोपटक समापन भएका खेलकुदमध्ये फूटबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्षको समूह विजयी भएको छ भने वी.वी.एस. तेश्रो वर्षको समूह उपविजयी बनेको छ ।

त्यस्तैः क्रिकेटतर्फ वी.वी.एस. पहिलो वर्षको समूह क विजयी र वी.वी.एस. पहिलो वर्षकै समूह ख उपविजयी भएका छन् ।

त्यस्तैः एकसय मिटर दौडमा छात्रतर्फ लक्ष्मण खत्री पहिलो, हिमांशु कालाथापा दोस्रो र टीकाबहादुर थापा तेस्रो भएका छन् । छात्रातर्फ लोककुमारी पन्त क्षेत्री पहिलो, प्रज्ञा भुसाल दोस्रो र दीक्षा दर्लामी तेस्रो भएका छन् ।

क्याम्पसमा छेलो फाल्ने, स्लो साइकल रेस, डोरी तान्ने, घैंटो फोर्ने, कुर्ची दौड  लगायतका प्रतियोगिता सम्पन्न भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।