Devdaha Tv | अर्थ बजार
चैत्र १८ | 2023 Apr 01
Flash News

सोमबार बढ्यो सुनचाँदीको मूल्य 

2 weeks ago
सोमबार-बढ्यो-सुनचाँदीको-मूल्य-

फागुन २९ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन तोलामा १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुन तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँँदी तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।