Devdaha Tv | खेलकुद
चैत्र १८ | 2023 Apr 01
Flash News

बुटवलमा तीन दिने क्षेत्रीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न 

2 weeks ago
बुटवलमा-तीन-दिने-क्षेत्रीय-दृष्टिविहीन-क्रिकेट-प्रतियोगिता-सम्पन्न-

लक्ष्मी पाण्डे, फागुन २९ । बुटवलमा तीन दिने क्षेत्रीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजना र एबिलीस फाउण्डेसन फिल्याण्डको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । ३ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा तिनाउ समुह र तिलोत्तमा समुहबिच खेल सञ्चालन भएको थियो ।
समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सचिव जयप्रकाश भट्टाइले अपांगता भएका व्यक्तीहरुको खेलकुद प्रतियोगिताको लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले स्थानिय तहदेखि प्रदेश संघीय सरकारले समेत खेलकुदको लागि बजेट विनियोजन नगर्ने भन्दै  गुनासो गर्नुभयो ।

कर्यक्रममाबोल्दै दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले अपांगता भएका व्यक्तीहरु र अन्य व्यक्तीहरु एउटै झण्डामुनी खेल्ने भएको भएपनि झण्डा बिचमा पनि विभेद रहेको बताउनुभयो । अन्य व्यक्ती सरह अपांगता भएका व्यक्तीहरुलाई पनि समान अवसर दिने हो भने अपांगता भएका व्यक्तीले पनि खेलकुदको क्षेत्रमा ठुलो योगदन दिन सक्ने बताउनु भयो ।

प्रतियोगितामा दिलिप आचार्य ,गीता रेग्मी ,सुवास पौडेल , सरोज पौडेलले  एम्पायरको भुमिका निर्वाह गर्नुभएको थियो ।

प्रतियोगितामा म्यान अफ द सिरिजको उपाधी ख्ोमराज सापकोटाले प्राप्त गर्नुभएको छ भने म्यान अफ द म्याचमा पहिलो खेलमा खेमराज सापकोटा ,दोस्रो खेलमा अब्दुल जहिर र तेस्रोमा केशव क्षेत्री हुनुभएको थियो । 

कार्यक्रममा जबई स्पोटिङ्ग क्लबका उपाध्यक्ष खेमानसिंह रानाक्रिके समर्थक समुहका सहसचिव नारायण पाण्डे , एम्पायर दिलिपआचार्य ,सहभागी सुनिल क्षेत्री ,लोकेश डागी लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।