Devdaha Tv | स्थानीय
चैत्र १८ | 2023 Apr 01
Flash News

देवदह माविको प्रधानाध्यापकमा पाण्डे नियुक्त

2 weeks ago
देवदह-माविको-प्रधानाध्यापकमा-पाण्डे-नियुक्त

रेशम अधिकारी, चैत १  । रूपन्देही देवदह नगरपालिका रहेको देवदह माविको प्रधानाध्यापकमा हरि प्रसाद पाण्डे नियुक्त हुनु भएको छ । शिक्षक पाण्डेलाई विद्यालय व्यवस्थापन समितिले बुधबार प्रअमा नियुक्त गरेको हो । 

पाण्डेले यसअघि देवदहको नुमना केरवानी माध्यमिक विद्यालयको सहप्रधानाध्यापक जिम्मेवारी समालेका पाण्डे सरुवा भै  देवदह मावि पुग्नु भएको थियो। माध्यमिक तह द्धितीय श्रेणीका पाण्डे लामो समय देखी शिक्षण पेशामै कार्यरत हुनुहुन्छ । प्रधानाध्यापकमा नियुक्त हुनु भएका पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा जोडदिने बताउनु भएको छ । 

मेरो मुख्य प्राथमिकता शैक्षिक गुणस्तर नै हो, ‘उहाँले भन्नु भयो  ‘त्यसपछिको विद्यालयको विकास सबै मिलेर गर्नुपर्छ र नमुना बनाउनु पर्छ ।’   

उहाँलाई बुधवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र अभिभावकले  स्वागत तथा शुभकामना दिएका थिए ।