Devdaha Tv | खेलकुद
चैत्र १७ | 2023 Mar 31
Flash News

नेपाल आईसीसी क्रिकेट विश्वकपमा छनोट

2 weeks ago
नेपाल-आईसीसी-क्रिकेट-विश्वकपमा-छनोट

मिना गैरे, चैत २ । यूएईलाई हराउँदै नेपाल आईसीसी म्यान विश्वकपका लागि क्वालिफायर भएको छ । आज त्रीवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तर्गतको छैटौँ खेलमा डिएलएस मेथडबाट नेपालले ९ रनको जित हात पारेको हो । ५० ओभरको खेल ब्याड लाईटका कारण ४४ ओभरमा झारिएको थियो । 

नेपालका लागि कुशल भुर्तेलले ५०, कुशल मल्लले ५, रोहित पौडेलले १६, भिम सार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए । त्यस्तैगरी गुलसन झा र दिपेन्द्र सिंहले नटआउट रहँदै क्रमशः ५० र १० रन बनाए । यसैबीच असिफ खान म्यान अफ द म्याच भएका छन् । 

यूएईका लागि आयान अफजल खाले २, जुनाईड सिद्धिकेले ३, र जाहोर खा ले १ विकेट लिए । 

त्यस्तैगरी नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशीले १, सोमपाल कामीले १ र सन्दिप लामिछानेले १ विकेट लिए । 

यूएईका लागि आसिफ खाले नटआउट रहँदै १०१ रन बनाउँदा अर्बिन्द भिरीत्तेयले ९४ रन बनाए भने मुहम्मद बसिमले ६३ रन बनाए । रोहन मुस्तफाले २० रन बनाउँदा चुण्डानगापोयिलले ७, आर्यन लाकराले ६, अफजल खाले ३ रन बनाए ।