Devdaha Tv | समाचार
चैत्र १८ | 2023 Apr 01
Flash News

शिलान्यास गरिएको ३ वर्ष बितिसक्दा सुनवल वडा नं ८ मा निर्माण हुने अस्पताल अलपत्र 

2 weeks ago
शिलान्यास-गरिएको-३-वर्ष-बितिसक्दा-सुनवल-वडा-नं-८-मा-निर्माण-हुने-अस्पताल-अलपत्र-

रेशम अधिकारी, नवलपरासी । चैत ३ । गाउँमै सेवा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछी पश्चिम् नवलपरासी सुनवल नगरपालिका वडा ७, ८ का स्थानीयहरुको खुशीको सिमा थीएन । खुशी पनि किन नहुन सुनवल स्वास्थ्य चौकीलाई स्तरोउन्नति गरी १५ सैय्याको अस्पताल बनाउन संघीय सरकारले बजेट बिनियोजन गरेसँगै २०७६ भाद्र ११ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले भब्य रुपमा शिलान्यास गरेका थीए । 

स्थानीयको खुशी धेरै बेर टिक्न भने पाएन शिलान्यास गरिएको ३ वर्ष बितिसक्दा समेत अस्पताल बन्ने टुंगो नभएपछि स्थानीयको आशा यतिबेला निराशामा बदलिएको छ ।

गत बैशाख र मंसिरमा सम्पन्न स्थानीय संघ र प्रदेशको निर्वाचनमा दलका उम्मेदवारहरुले सुनवल स्वास्थ्य चौकीलाई राजनीतिक मुद्दा बनाएका थीए । त्यही एजेण्डाको भरमा पाएको जनमतले नगरपालिकाको नेतृत्वमा पुगेकाले सुनवल ७ र ८ का नगरबासीको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । अहिले सो क्षेत्रका स्थानीयहरुले आफ्नो ठाउँमा अस्पताल बन्ने कुराको कल्पना समेत गर्न छाडिसकेका छ्न्। 


संघीय सरकारले सुनवल स्वास्थ्य चौकीको स्तरोउन्नतिका लागि बिनियोजन गरेको बजेटले अर्को वडाँमा अस्पताल बनाउन लागेपछि तत्कालिन नगरप्रमुख भिमबहादुर थापा  भरत आलोचित बनेका थिए । सुनवल ७ र ८ का नगरबासीले व्यापक विरोधका साथ नगरपालिका नै घेराउ गरेपछि तत्कालिन मेयर थापाले अस्पताल निर्माण गर्ने आश्वासन दिएका थिए । त्यसपछिका नगरसभामा जनप्रतिनीधिहरुले स्वास्थ्य चौकीको स्तरोउन्नतिको माग राख्दै आएका थिए । 


हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुखले पनि स्वास्थ्य चौकीको स्तरोउन्नतिलाई निकै जोडतोडका साथ उठाएका थिए । तर यतिबेला स्वास्थ्य चौकीको स्तरोउन्नतीको प्रक्रियाबारे जवाफ खोज्दा सुनवल नगरप्रमुख बिमला अर्यालसंग ठोस उत्तर भने छैन।


अहिले सुनवल ८ मा रहेको सुनवल स्वास्थ्य चौकीको स्तरोउन्नतिको बजेटलाई सुनवल ५ मा प्रयोग गर्न थालिएको आशंका बढेको छ । ग्रिन बेल्टको रुपमा रहेको जमिनमा जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाईएको समेत चर्चा चलेको छ । यसरी लामो समयसम्म पनि स्वास्थ्य चौकीको स्तरोउन्नतिको प्रक्रिया अघि बढ्न नसक्दा सुनवल नगरपालिकाका नेतृत्वको कार्यदक्षतामा आशंका र प्रश्न उठेको  छ।