Devdaha Tv | समाचार
चैत्र १८ | 2023 Apr 01
Flash News

एफईसी सहकारीद्वारा खेलाडीलाई सम्मान

1 week ago
एफईसी-सहकारीद्वारा-खेलाडीलाई-सम्मान

बुटवल, चैत ४ । एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था मंगलापुर रुपन्देहीले बाल बचतकर्ता खेलाडी सन्यम कंडेललाई सम्मान गरेको छ ।

गत मार्च ४ तारिखका दिन श्रीलंकामा आयोजित तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ९ वर्षमुनीको उमेर समूहमा भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई पछि पार्दै कंडेलले स्वर्ण पदक जित्नु भएको थियो ।

सहकारीले आफ्नो नियमित बैठकका अवसरमा बाल बचतकर्ता खेलाडी सन्यक कंडेललाई सम्मान गरेको हो । 

उहाँलाई सहकारीको नियमित बैठकको अवसरमा नगदसहित सम्मान गरिएको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनु भयो ।