Devdaha Tv | समाचार
चैत्र १८ | 2023 Apr 01
Flash News

स्ववियू चुनावका लागि देवदह आदर्श बहुमुखी क्याम्पसमा सम्पूर्ण तयारी पुरा

1 week ago
स्ववियू-चुनावका-लागि-देवदह-आदर्श-बहुमुखी-क्याम्पसमा-सम्पूर्ण-तयारी-पुरा

चैत्र ४ । देवदह आदर्श बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको बताएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत होमनाथ शर्माले देवदह आदर्श बहुमुखी क्याम्पसमा ४ वटा विद्यार्थी संगठन दर्ता भएको जानकारी दिनु भयो । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन निर्देशिका अनुसार कम गरिरहेको जानकारी दिदै निर्वाचन समितिले फागुन ३ गतेदेखि नै निर्वाचनको प्रक्रिया अगाडि बढाएको बताउनु भयो । देवदह आदर्श बहुमुखी क्याम्पसमा ७ सय १२ जना विद्यार्थीहरु भर्ना भएको जानकारी दिदै चैत्र ५ गते बिहान ८ बजेदेखि साझ ४ बजेसम्म निर्वाचनमा मतदान गर्न पाउने बताउनु भयो । 

शर्माले अध्यक्षमा ३ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा ३ जना र ५ जना सदस्यको लागि ३ वटा संगठनबाट १३ जनाले प्रतिस्पर्धा गरिरहेको जानकारी दिनु भयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र मर्यादीत बनाउनको लागि सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिएको जानकारी दिनु भयो ।

निर्वाचनको लागि २ वटा बुथ निर्माण गरेको निर्वाचन समितिले बुथ अधिकृत समेत तोकिसकेको शर्माले जानकारी दिनु भयो । उहाले निर्वाचन निष्पक्ष, धाधलीरहीत बनाउनको लागि मतदान केन्द्र भित्र मोवाईल, आगजन्य पदार्थ र हातहतियार लैजान नपाउने व्यवस्था गरिएको जानकारी दिनु भयो । शर्माका अनुसार प्रत्येक विद्यार्थी संगठनबाट ४ जना प्रतिनिधिले प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी दिनु भयो । निर्वाचन सम्पन्न भएपश्चात मतगणना शुरु गर्ने बताउदै मतगणना स्थललाई तारजालीको व्यवस्था गरिएको बताउनु भयो ।  विद्यार्थी परिचायपत्र, नागरिक, लाईसन वा फाटो सहितको परिचय खुल्ने कागजपत्र भएपनि मतदान गर्न पाउने शर्माले जानकारी दिनु भयो ।