Devdaha Tv | राजनीति
जेठ २० | 2023 Jun 03
Flash News

देवदह आदर्श क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

2 months ago
देवदह-आदर्श-क्याम्पसमा-अनेरास्ववियुको-प्यानल-विजयी

चैत ६ । रुपन्देहीको देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको एकल प्यानल विजयी भएको छ। आइतबार सम्पन्न स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ अनेरास्ववियुका अर्जुन गैरेले नेतृत्व गरेको प्यानल नै विजयी भएको छ । त्यस्तैगरी समानुपातिक तर्फ अनेरास्ववियु नै पहिलो भएको छ। 

प्रत्यक्षतर्फ अध्यक्षमा अर्जुन गैरेले २९१ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटम प्रतिस्पर्धी नेविसंघ र अखिल समाजवादी तर्फका माधव भट्टराईले १७६ मत प्राप्त गर्नु भएको छ । त्यस्तैगरी अखिल क्रान्तिकारीकी धनीकुमारी पन्थि ५५ मत प्राप्त गरेकी छन्। 

सचिवमा अखिलकै गौरव ज्ञवालीले २७८ मत प्राप्त गगर्नु भएको छ । 

 कोषाध्यक्षमा अखिलका सोभराज जैसि २५९ मत ल्याएर निर्वाचि त हुनु भएको छ ।

सदस्यमा अनेरास्ववियुका रबिन परियारले ३१३, अ्मृता पाठकले २७५, भुवन थापाले ३२०, लेखिका मल्लले २७४ र सरोज गिरिले २९५ मत प्राप्त गर्नु भएको छ । 


समानुपातिकतर्फ अखिलले २९०, नेविसंघले १४४, अखिल समाजवादीले ६९ र क्रान्तिकारीले ५२ भोट प्राप्त गरेको छ।