चैत १० । साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मुल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३ सय ६० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।