Devdaha Tv | समाज
जेठ २० | 2023 Jun 03
Flash News

सालझण्डीमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक अभियान कार्यक्रम सम्पन्न

2 months ago
सालझण्डीमा-बोक्सी-कु–प्रथा-बिरुद्धको-सचेतनामुलक-अभियान-कार्यक्रम-सम्पन्न

चैत १२ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त सहकार्यमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक अभियान कार्यक्रम सम्पन्न भएको छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालयको सहकार्यबाट रुपन्देहीको सालझण्डीमा मिति २०७९।१२।०९ गतेका दिन ०३ः३० बजे देखि ०५ः३० बजे सम्म कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको प्रमुख आतिथ्यतामा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क., स.प्र.गण २७ स.प्र.उ. दिपक बहादुर थापा, रा.अ.उप अ.नि. हुमकान्त पाण्डे, ई.प्र.का.बुटवल रुपन्देहीका प्र.ना.उ. दान बहादुर थापा, ई.प्र.का.सालझण्डीका प्र.नि. ईश्वर थापा र सैनामैना नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरेको विशिष्ट अतिथ्यातामा कार्यक्रम सञ्चालन भएको थियो ।

त्यस्तै मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अभियानकर्ता कोविन्द शरण उपाध्यायको अध्यक्षतामा झिमझिमिया भुल्के सामुदायिक वनका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधीहरु, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु भद्रभलादमीहरु, आमा समुह, बिद्यालयका बिद्यार्थीहरु, प्रहरी कर्मचारीहरु लगायत पाँच सय ७ जनाको उपस्थिति रहेको थियो ।

जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.१० झिमझिमिया स्थित झिमझिमिया भुल्के सामुदायिक वनको सभाहलमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।