चैत १२ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त सहकार्यमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक अभियान कार्यक्रम सम्पन्न भएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालयको सहकार्यबाट रुपन्देहीको मर्चवारीमा मिति २०७९।१२।१० गतेका दिन १२ः०० बजे देखि ०३ः०० बजे सम्म कार्यक्रम सम्पन्न भएको हो ।
मर्चवारी गाँउपालिका वडा नं.०२ का वडा अध्यक्ष शशिदयाल चौधरीको प्रमुख आतिथ्यता र ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीका कार्यालय प्रमुख प्र.नि. दिपेश खरेलको विशिष्ट अतिथ्यातामा कार्यक्रम सञ्चालन भएको थियो । त्यस्तै मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको अभियानकर्ता कोविन्द शरण उपाध्यायको अध्यक्षतामा पब्लिक मिसन ईङलिस बोर्डिङ स्कुलका शिक्षक शिक्षिकाहरु, स्थानिय जनप्रतिनिधीहरु, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु भद्रभलादमीहरु, आमा समुह, बिद्यालयका बिद्यार्थीहरु, प्रहरी कर्मचारीहरु लगायत दुई सय ३० जनाको उपस्थिति रहेको थियो ।
जिल्ला रुपन्देही मर्चवारी गाँउपालिका वडा नं.०२ अमुवा स्थित पब्लिक मिसन ईङलिस बोर्डिङ स्कुलको प्रराङ्गणमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।