Devdaha Tv | समाज
जेठ २० | 2023 Jun 03
Flash News

सिद्धार्थनगरमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक अभियान कार्यक्रम सम्पन्न

2 months ago
सिद्धार्थनगरमा-बोक्सी-कु–प्रथा-बिरुद्धको-सचेतनामुलक-अभियान-कार्यक्रम-सम्पन्न

चैत १२ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त सहकार्यमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक अभियान कार्यक्रम सम्पन्न भएको छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यबाट रुपन्देहीको सिद्धार्थनगरमा मिति २०७९।१२।११ गतेका दिन ११ः३० बजे देखि १३ः४५ बजे सम्म कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नं.०२ का वडा अध्यक्ष छेदिलाल श्रीवास्तव र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्र.नि. दिपक कुँवरको विशिष्ट अतिथ्यातामा कार्यक्रम सञ्चालन भएको थियो । त्यस्तै मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अभियानकर्ता कोविन्द शरण उपाध्यायको अध्यक्षतामा मेउडिहवा आधारभुत विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय जनप्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु भद्रभलादमीहरु, आमासमुह, प्रहरी कर्मचारीहरु लगायत एक सय ५० जनाको उपस्थिति रहेको थियो ।

जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०२ को मेउडिहवा स्थित मेउडिहवा आधारभुत विद्यालयमा बोक्सी कु–प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।