Devdaha Tv | समाज
जेठ २० | 2023 Jun 03
Flash News

देवदह नगरपालिकामा सर्वदलिय बैठक सप्पन्नः सार्वजनिक जग्गामा कुनै पनि संरचना बनाउन नपाइने 

3 weeks ago
देवदह-नगरपालिकामा-सर्वदलिय-बैठक-सप्पन्नः-सार्वजनिक-जग्गामा-कुनै-पनि-संरचना-बनाउन-नपाइने-

वैशाख २८ । देवदह । देवदह नगरपालिका र देवदहका राजनीतिक दलहरुको सर्वदलीय बैठक सप्पन्न भएको छ ।

देवदह नगरपालिकाका प्रमुख धुर्व प्रसाद खरेल ज्युको अध्यक्षतामा सप्पन्न बैठकमा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ ज्यु, नेपाली काङ्ग्रेसका बासुदेव रिमाल, गुनाखर भुर्तेल, नेकपा एमालेका प्रकाश अर्याल, यम राना, हिरा थापा, नेकपा माओवादी केन्द्रका मोतिलाल ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम खत्री, चन्द्रकान्त न्यौपाने, राप्रपाका माधव रिमाल, नगर प्रबक्ता गणेश डुम्रे, पुर्व जनप्रतिनिधि बन्धु कुमाल लगायतको सहभागिता रहेको थियो ।

बैठकमा नगरपालिकाका हालसम्मको गतिविधि, बजेट कार्यनयनको अवस्था, देवदहका गौरवका आयोजना, समस्या र समाधान, त्यस्तै नेपाल सरकार बस्ती बिकास तथा शहरी भवन मापदण्ड अनुसार फरक नपर्ने गरि यसअघि नगरपालिकाले पारित गरेको निर्णय अनुसार न्युनतम २० फुट बाटो २÷२ फुट नाला सहितको मापदण्ड पालना गर्ने, कानुनी प्रकृया र स्थानीय जनताको भावनाअनुरूप स्वीकृत टेन्डर अनुसार कडा अनुगमनका साथ नदिजन्य पदार्थको ब्यवस्थापन गर्ने, सार्वजनिक जग्गा संरक्षण गर्ने सन्दर्भमा कुनै पनि सार्वजनिक ठाँउमा अनधिकृत रुपममा स्थापना भवन लगायत कुनैपनी संरचना बनाउन प्रतिबन्ध गर्ने निर्णय गरेको छ । आगामी दिनमा नगरपालिका दैनिक प्रसासनिक कार्य चुस्त दुरुस्त बनाउन, किसान मैत्री बजेट लगायत समयमै मलखाद बीउ बिजन उपलब्ध गराउन, कोसेली घर संचालन गर्न, उजेरिको होम्स्टे संचालनलाई प्राथमिकता दिन, शैक्षिक गुणस्तर कायम गर्न, पर्यटन प्रवद्र्धन कार्यक्रम ल्याउन  सार्वजनिक जग्गा संरक्षण गर्न, चोरीपैठारी नियन्त्रण गर्न, अव्यवस्थित जग्गा नापिको कामलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको र अव्यवस्थित जग्गाको राजस्व घटाउन सबैलाई पहल गर्न अनुरोध गरेको छ ।

नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङले सबै राजनीतिक दललाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि महत्त्वपूर्ण सल्लाह सुझावको अपेक्षा गर्दै सबै राजनीतिक दल सङ सहकार्य गर्दै काम गर्ने र जनताको समृद्धिको सपना पूरा गर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रमको संचालन नगर प्रबक्ता गणेश डुम्रेले गर्नुभएको थियो ।