जेठ ४ । देवदह नगरपालिका वडा नं. ७, शीत्तलनगरमा अवस्थित सगरमाथा आवासीय मा.वि.मा बुधबार कक्षा ५ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुको भेलाबाट सगरमाथा बाल साहित्य क्लब र सगरमाथा क्विज क्लब पुनर्गठन गरिएको छ ।
सगरमाथा वाल साहित्य क्लबका अध्यक्ष बर्षा रिजालको अध्यक्षता र आधारभूत तह संयोजक सुमन पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले दिया बस्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । साथै सगरमाथा क्विज क्लब अध्यक्ष आदर्श भण्डारीको अध्यक्षता र आधारभूत तह संयोजक सुमन पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अर्को भेलाले आस्था ढकालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
पुनर्गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुमन पाण्डेले विद्यार्थीहरुलाई साहित्य क्लब र सगरमाथा क्विज क्लबको बारेमा प्रकास पार्नुभएको थियो ।