Devdaha Tv | अर्थ बजार
जेठ २० | 2023 Jun 03
Flash News

सोमबार सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो

1 week ago
सोमबार-सुनको-मुल्य-स्थिर,-चाँदीको-मुल्य-घट्यो

जेठ ८ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मुल्य स्थिर र चाँदीको मुल्य घटेको जानकारी दिएको छ ।

महासंघले आजको मुल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । सोमबार छापावाल सुनको मुल्य तोलामा एक लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मुल्य तोलामा एक लाख ९ हजार ५सय रुपैयाँ कायम छ । आइतबार पनि यही मुल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासंघले आज चाँदीको मुल्य तोलामा एक हजार ३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । आइतबार चाँदिको मुल्य तोलामा एक हजार ३ सय ८५ रुपैयाँ कायम थियो ।