Devdaha Tv | अर्थ बजार
जेठ २० | 2023 Jun 03
Flash News

सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँले बढ्यो

1 week ago
सुनको-भाउ-बुधबार-तोलामा-६-सय-रुपैयाँले-बढ्यो

जेठ १० । सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ आठ सय रुपैयाँले घटेको थियो ।

चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।