Devdaha Tv | मनोरन्जन
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

नयाँ पुस्तका कलाकारहरु संग काम गर्ने ईच्छा छ : मल्ल

7 months ago
नयाँ-पुस्तका-कलाकारहरु-संग-काम-गर्ने-ईच्छा-छ-:-मल्ल

बैसाख १२ । नेपाली चलचित्र क्षेत्रमा काम गरेका शिद्ध हस्त कलाकारहरु विविध कारणले ठुलो संख्यामा प्रवासमा बस्दै आएका छन । अध्ययन, पारीवारीक समस्या र कति स्वदेशमा दैनिक सञ्चालनमै समस्या भएका कारण विदेश पलायन हुन बाध्य भएका कलाकारहरुले विदेशमा बसेर पनि आफ्नो कलाकारीतालाई विभिन्न माध्यमबाट निरन्तरता दिएका छन । बुटवलबाट संघर्ष गरेर विभिन्न टेलिचलचित्र हुँदै एक दर्जन ठुलो पर्दाको चलचित्रमा काम गरकी बिष्णु मल्ल पनि पछिल्लो समय प्रवासमा बस्दै आएकी छन । उनि केही हप्ता अघि मात्रै छुट्टीमा स्वदेश (गृह नगर बुटवल) फर्किएकी छन । करीब एक सयको हाराहारीमा टेलिचलचित्र र बिज्ञापनमा काम गरेकी मल्ले दिदी, अपराध, भिम, प्रतिज्ञा, चेली, माउते दाई, मजदुर, अर्पण लगायतका चलचित्रमा अभिनय गरेकी छन । महानायक राजेश हमाल, सदावाहार नायक भुवन केसी, स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ, जल शाह, सिमान्त उदास, मेलिना मानन्धर, रमेश उप्रेती लगायत चलचित्रकर्मीहरु संग काम गरेकी मल्ल श्रीकृष्ण श्रेष्ठलाई सम्झदा निकै भावुक हुने बताउँछिन । श्रीकृष्ण श्रेष्ठको मृत्युको खबर पाए पछि आफुले नेपाली परम्परा अनुसार नुन बारेको स्मरण गर्छिन । आफुले काम गरेका गरेका कलाकार मध्ये महानायक राजेश हमालको अनुशानबाट उनि निकै प्रभावित छन । “उहाँले एउटा किताब लिनुहुन्थ्यो कि काम गर्ने कि अध्यन गर्ने, आफु भन्दा जुनियर कलाकार संग पनि राम्रो व्यवहार गर्ने निकै भद्र लाग्छ” उनले भनिन । हमाल संग सुरुमा काम गर्दा निकै डर लागेको र पछि निकै सहज तरीकाले काम गरेको उनको अनुभव छ । पछिल्लो पुस्ताका कलाकारहरुमा नायक पल शाहको नृत्यबाट आफु निकै प्रभावित भएको बताउँदै कलाकार मल्लले भेट्ने ईच्छा रहेको बताइन । आफ्नो समयको चर्चित नृत्याङ्गना मल्ल नाच्न जाँदा बाबाको गाली खाएको स्मरण गर्छिन । त्यो समयमा कहाँ नाच्न दिनु नी ठकुरी परीवार त्यसै माथि बाबा आर्मी निकै कडा खनुशासनमा बस्नु पथ्र्यो यसो भन्दै गर्दा उनको आँखा चम्कीलो देखिन्थ्यो ।  सञ्चारमाध्यमको उति विकास नभएको समयमा पनि आफुले स्पेस पाएको भन्दै मल्लले आफु भाग्यमानी कलाकार भएको बताउँछिन । हाम्रो समयमा त पफमेन्स राम्रो गरेर मात्रै हुन्थेन खुट्टा तान्ने प्रवृत्ती थियो । “मलाई नायीकाको रुपमा तयार पारीएको करीब एक दर्जन चलचित्र गुमाएँ त्यो पनि मेरो निकै नजिकको साथीका कारण, मैले त्यो कुराको सुइको समेत पाइन पछि एक जना मेकअप म्यान दाइले सुनाउनु भयो” यो कुरा सुनाउँदा उनको आँखामा टिलपिल आँसु देखिन्थ्यो । त्यो कुरा थाहा पाएपछि नेपालमा बस्नै मन नलागेर विदेश भासिएको उनको भनाई छ । पछिल्लो समय गृहनगर बुटवलमा रहेकी मल्ललाई अहिलेको पुस्ता संग काम गर्ने मन छ । वाध्यताले विदेश गए पनि कहिल्यै नेपाली चलचित्रलाई आफ्नो मनबाट हटाउन नसकेको बताउँदै मल्लले अफर आए चलचित्रमा काम गर्ने बताइन । बुटवल क्षेत्रमा कलाकारको सम्मान हुन थालेको देख्दा, अहिलेका छोरीहरु निर्धक्क नाचेको देख्दा मन पर्फुल्लीत हुने उनले बताइन । “बुटवलमा कला क्षेत्रको विकासका लागि केही गर्छु भन्ने लागेको छ, त्यसका लागि सबैको साथ सहयोगको अपेक्षा गरेकी छु” उनले भनिन । पुराना कलाकारको अनुभव र नयाँ पुस्ताका कलाकारहरुको उर्जालाई एकिकृत गर्न सके नेपाली कला क्षेत्रले फड्को मार्न सक्ने कलाकार मल्लको विश्वास छ ।   टंक सुनारले गरेको कुराकानीमा आधारीत सम्पादित अंश ।