कोरोना महामारीको दोस्रो लहरका कारण आम मानिसको दैनिकी उथलपुथल भएको छ । कोही अस्पतालको शैयामा रोइकराई गर्दै छन, कोही आफन्तको ज्यान बचाउन सकिन्छ की भनेर अक्सिजनको जोहो गर्न भागदौड गरीरहेका छन । रुपन्देही संघिय राजाधानी काठमाडौँ पछि कोरोनाको संक्रमितको संख्या अधिक भएको जिल्लाको सुचिमा छ । मृत्युदर दैनिक १५ देखि २० को हाराहारीमा पुगेको छ । संक्रमित हुनेहरुको संख्या दिनको दुई गुना रातको चौगुनाको दर वढीरहेको छ । डाक्टर नर्स लगायत स्वास्थ्यकर्मी अभावै अभावका वावजुत पनि बिरामी बचाउन दिन रात नभनी खटिएका छन । स्थानिय सरकार आफैँ शक्तिहिन छ, प्रदेश सरकारका मुख्यमन्त्री फेसबुकमा स्टाटस लेख्न व्यस्त छन, केन्द्र सरकार जीवन बचाउन भन्दा पनि चिताको व्यवस्था गर्न उद्धत छ । अधिकाशं मानिस रोग संग संर्घष गरीरहेका छन, रोग नलागेकाहरु भोक संग संर्घषरत छन । रोगले नलगे भोकले लैजाने निश्चित प्राय देखिन थालेको छ । मानिसहरु संकटको सामना गर्नै नसक्ने गरी थलिएका छन, गाउँ शहर र प्रत्येक गल्ली शोकमा डुबेको छ । वस्तीहरुमा सन्नाटा छाउन थालेको छ, संक्रमितको मलामी अभावमा स्थानिय सरकारका प्रमुखले ट्याक्टरमा लास राखेर अन्तिम संस्कार गर्दै गरेका कारुणिक दृश्यहरु देखिन थालेका छन । सामान्य समयमा सुनसान हुने अक्सिजन उद्योगहरुमा मानिसहरुको लामो लाइन छ त्यस्तै गरी मुर्दा घाटमा मुर्दाहरुको लाइन पनि थपिने क्रम जारी छ । अक्सिजनको खोजीमा हिडेका मानिसको संख्यामा कमि हुनु भनेको मुर्दाको संख्यामा बृद्धि हुनु हो भने जस्तै नियती बनिरहेको छ मानिसहरुको । विवाहा गरेको एक हप्ता नबित्दै श्रीमतीको मृत्यु, कोरोनाले अभिभावक गुमाएका बालबालिकाको विचल्ली, कोरोनाले परिवारै लग्यो दागबत्ती दिने मानिस समेत छैनन, निषेधाज्ञाका कारण भौकै पर्न थाले मजदुर, अस्पतालमा अक्सिजन छैन आफन्तको रुवावासी यस्तै यस्तै समाचार शीर्षक बनाउन वाध्य छन पत्रकारहरु । पत्रकारहरु क्यामेरा बोकेर अक्सिजनको जोहो गर्न लागि परेका छन । अस्पतालबाट बिरामीको आफन्तको फोन आउँछ लौन साह्रै गाह्रो भयो कसैलाई भनिदिनु पर्यो उपचार पाएन्छ की ? पत्रकार संग गुहार मागे ज्यान बच्छ की भन्ने झिनो आशाका साथ दबेको आवाजमा दैनिक फोन आउँछ । शाषक प्रशाषकलाई फोन गर्यो एउटै रेमिमेट जवाफ आउँछ प्रयास गर्दै छौँ । बाच्ने आशमा फोन गरेका आफन्तलाई निरिहताका साथ हुन्छ हुँदैछ भन्नु पत्रकारहरुको बाध्यता बनिरहेको छ । समाजको एउटा तह कमाउ धन्दामा व्यस्त छ, एम्बुलेन्सको चर्को भाडा असुल्ने देखि औषधिको कालोबजारी गर्नेहरु सम्म । यही समाजमा आफ्नो पिडा लुकाएर अरुको आँसु पुछ्न लागि पर्नेहरु पनि छन । आफ्नी आमालाई आइसियुमा राखेर बिरामीको हेरचाहा गर्ने डाक्टरहरु, आफ्नो गास काटेर भोकाहरुलाई खाना खुवाउने, अक्सिजनको जोहो गर्न लागि पर्ने र निशुल्क बिरामी ओसार्ने मनकारीहरु पनि छन । वेग्र गतिमा सहरका गल्ली चाहारीरहेका एम्बुलेन्सको साइरनमा कसैको जीवन बचाउने गुहार सुनिन्छ, एम्बुलेन्स चालहरुलाई भ्याइ नभ्याई छ । खाना खान बस्यो लौन छिटो गर्नु पर्यो बिरामीको हालत खराब भइसक्यो फोनमा आवाज सुनिन्छ, हात चुठ्यो बिरामीको घर तिर सोझियो । एम्बुलेन्समा आफन्त बचाउने आशमा यता उता भौतारीनेहरुको साचि बनिरहेका छन सडकमा खटिने सुरक्षाकर्मीहरु । कति सडकमा बस्दा बस्दै संक्रमित भएका छन, दैनिक आफ्ना सहकर्मी गुमाउँदा पनि रफ्तार उही छ, काम उस्तै छ । जनताको सुरक्षा गर्ने, अलपत्र मानिसहरुलाई गन्तब्य देखाउने, गन्तब्य सम्म पुर्याउने । भनिन्छ मानिसले जिउँदाको जन्ती मर्दाको मलामी कमाउनु पर्छ महामारीले नेपाली सेनाका जवानहरुलाई मलामी बनाइदिएको छ । संक्रमितको अन्तिम संस्कार गर्ने सेनाका जवाहरुले सम्मान पूर्वक अन्तिम संस्कार गरीरहेका छन । कस्को के पर्छ थाहा छैन तर बर्दी लगाए पछि सबै नेपाली हाम्रा आफ्ना हुन उनिहरुको दुखमा साथ दिनु हाम्रो कर्तव्य हो । यस्तै मनोभाव देखिन्छ सेनाका जवानहरुमा । अवस्था सामान्य बन्नेछ, पत्रकारहरु समाचार लेख्न थाल्नेछन, समाचारको शीर्षक परिवर्तन हुनेछ, सडकमा बसेका सुरक्षाकर्मीहरु साँची नभई सारथी बन्नेछन, डाक्टर नर्सहरु अन्य रोगको उपचारमा लाग्नेछ, अक्सिजन उद्योगहरु फेरी खाली हुनेछन, मलामी बनेका सेनाका जवानहरुले देशलाई सलाम गर्नेछन । हामी आशाका सुनौलो किरण पर्खिरहेका छौँ, फेरी उहि पुरानो दिनको प्रतिक्षामा छौँ । हामी जीन्दगीमा अनेक प्राप्तिका लागि दौडिरह्यौँ सबै भन्दा ठुलो कुरा त बाँच्नु पो रहेछ ।