Devdaha Tv | बिचार/ब्लग
चैत्र १७ | 2023 Mar 31
Flash News

पाकरीमा चरी बसेर शान्तिको गीत गाउनेछ 

1 year ago
पाकरीमा-चरी-बसेर-शान्तिको-गीत-गाउनेछ-

प्राचिन कोलिय राज्यको राजधानी देवदहमा अवस्थित पाकरी वृक्ष ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणले निकै महत्वपुर्ण छ । पाकरी वृक्ष पुर्वपश्चिम राजमार्गबाट १.५ कि.मि दक्षिणमा पर्दछ । भगवान गौतम बुद्घको मावली क्षेत्रका रुपमा परिचित देवदहको पर्यटकीय बिकासका लागि धेरै योजनाहरु बनेको भए पनि प्रचार प्रसारमा अझै उल्लेख्य र विस्तृत योजनाहरु बन्न सकिरहेका छैनन् । पाकरी वृक्ष बौद्घकालिन समयको  वृक्ष भएको पाइन्छ । करिब २६ सय वर्ष पुरानो यस वृक्षमा चराले गुडँ नलगाउने देखि मांसाहारी चरा नआउने ,एक तपर्mको पात झर्दा अर्को तर्फको पात पलाउने र सदावाहार हरियो रहिरहने गरेको स्थानिएको भनाई छ । झण्डै १ कठ्ठा क्षेत्रफलमा फैलिएको पाकरी बृक्ष वरपरको क्षेत्र खेतीयोग्य जमिन रहेको छ । पाकरीको आगनीमा धानको बाला झुल्ने, सुन्दर फुलहरु फुल्दा मनमोहक वातावरण निर्माण हुन्छ । पाकरी वृक्ष साक्षी राखेमा प्रेम सफल हुन्छ भन्ने जनविश्वास रहेको छ । महामानव बुद्ध मावली देवदह आउदा पाकरी बृक्षको भ्रमण गरेको र ध्यानमा लिन भएको पाका पुराना स्थानियले बताउने गरेका छन । बुद्ध जन्मस्थल लुम्बिनीबाट ५० किलोमिटरको दुरीमा भए पनि अपेक्षाकृत रुपमा विकास हुन सकेको छैन । लुम्बिनी क्षेत्रको लुम्बिनी विकास कोषले गुरुयोजना बनाएर जसरी गरीरहेको छ देवदह क्षेत्रको विकासका लागि न गुरुयोजना छ न त कुनै तदारुकता नै । बुद्ध जयन्तीमा खासे खुसे औपचारीक कार्यक्रम बाहेक केही हुन सकेको छैन । पाकरी आउने आन्तरीक पर्यटकहरु पनि आउने र फोटो खिचेर जाने गरेका छन । पाकरी क्षेत्रको अवलोकन गर्न आउने पर्यटकको बसाई कसरी लम्ब्याउने भन्ने बिषयमा कसैले पनि चासो दिएको देखिदैन । पाकरी बृक्षलाई कसरी पहिचानको बिषय बनाउने भन्ने सन्र्दभमा स्थानिय स्तरमा अब बहस हुनु आवश्यक छ । पाकरी बृक्षलाई देवदहमा क्रियाशिल सामाजिक संघ संस्था व्यापारीक समुहहरुले आफ्नो लोगोको रुपमा कहीँ न कहीँ प्रयोग गरेको पाइन्छ तर पाकरी क्षेत्रको विकासका लागि कसैले पनि सोचेको पाइदैन । पाकरी क्षेत्रको संगै देवदहका ऐतिहासिक पुरातात्विक क्षेत्रको समाचित विकास गर्न सकेका खण्डमा देवदह क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । देवदह क्षेत्रलाई बौद्ध क्षेत्रको रुपमा बखान गरे पनि बौद्धमार्गीलाई सम्बोधन गर्ने गरी कुनै पनि भौतिक संरचना निर्माण हुन सकेको छैन । भौतिक संरचना र बाटोघाटोको विकास विना ईतिहासको रट्टा मारेर कोही पनि देवदह आउनेवाला छैन । त्यसकारण देवदह क्षेत्रको चौतर्फी विकासका लागि सबै बर्ग क्षेत्र र समुदायका मानिसहरु एकताबद्ध भएर लाग्नु आजको अपरिहार्य आवश्यकता हो । पाकरीमा चरी बसेर स्वतन्त्रता पूर्वक शान्तिको गित गाउन सक्ने वातावरण बनाउने जिम्मेवारी तपाई हाम्रै काधमा छ ।