असोज १ । आज आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारी साधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आजै विगत ६ महिनादेखि बन्द रहेका लामो दुरीका यातायातसमेत सञ्चालन भएका छन । नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ ।