सरकारले सडकलाई सडक बालक मुक्त बनाउने अभियान अन्तर्गत् अहिलेसम्म १४ सयभन्दा धेरै बालबालिकालाई नियन्त्रणमा लिइसकेको बताइएको छ । विसं २०७३ सालदेखि सडकबालकलाई नियन्त्रणमा लिन थालिएकोमा माघ मसान्तसम्ममा कूल १४०६ जना सडकबालकलाई नियन्त्रणमा लिएर उनीहरुलाई पुनस्र्थापना केन्द्रमा पठाइएको सरोकारवाला निकायले जानकारी दिएको छ ।
साढे ३ वर्षसम्म नियन्त्रणमा लिइएका बच्चाहरुलाई अहिले कसरी व्यवस्थापन गरिँदै छ त ? महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सूचना अधिकारी एवं उपसचिव सुनिता नेपाल सरकारी बाल सुधार केन्द्र नभएको कारणले अहिले बालबालिकालाई निजी पुनर्स्थापना केन्द्रमा नै व्यवस्थापन गरिएको जानकारी दिइन् । बाल संगठनले उनीहरुको पुनस्र्थापनाकोलागि धेरै काम गर्न नसक्ने भएकोले निजी ककेन्द्रहरुमा भर पर्नुपरेको उनले बताए ।