गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सुचिकृत हुनु पर्छ । गर्भपतन सेवाका लागि सुचिकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।
नेपालमा अपनाएको पद्दती अनुसार एकथरीका औषधी मुखबाट शेवन गरेको २४ देखि ४८ घण्टा सम्ममा अर्कोथरीका औषधी योनिमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । बिना कुनै प्राबिधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने भएकोले हाम्रो मुलुकमा यस्को प्रयोगकर्ता बढि रहेको छ ।
यी औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिन सम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सुचिकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधि करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ । त्यसैले गाउँ-गाउँ सम्म यो सेवा बिस्तार गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ र सोहि लक्ष्य अनुरुप स्वास्थ्य चौकी सम्म यो सेवा बढाईएको छ