Devdaha Tv | खेलकुद
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

फिफा वरीयतामा नेपाल एक स्थान तल

1 month ago
फिफा-वरीयतामा-नेपाल-एक-स्थान-तल

कात्तिक ४ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा थियो । हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । तर, नेपालको वरीयता घटेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

Recent News