Devdaha Tv | समाचार
मंसिर २३ २०७८ | 2021 Dec 09
Flash News

प्रदेश १ मा आज मूख्यमन्त्री आचार्यको विश्वासको मत प्रस्ताव पेश हुदै, मतदान भने पर सर्न सक्ने

1 month ago
प्रदेश-१-मा-आज-मूख्यमन्त्री-आचार्यको-विश्वासको-मत-प्रस्ताव-पेश-हुदै,-मतदान-भने-पर-सर्न-सक्ने

कार्तिक ५ । प्रदेश १ मा आज मूख्यमन्त्री भीम आचार्यको विश्वासको मत सम्बन्धि प्रस्तावमा छलफल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको वैठकमा मुख्यमन्त्री आचार्यले गत असोज २५ गते संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कार्यसूचि रहेको छ । बैठकमा प्रस्ताव पेश भएपछि छलफलको प्रकृया शुरु हुने छ । तर आजै प्रस्ताव माथि मतदान हुने नहुने भने निश्चित भईसकेको छैन । सत्तापक्ष मतदानलाई केही दिन पर धकेल्ने पक्षमा छ भने विपक्षी गठबन्धन आजै प्रस्ताव टुंग्याउने कोशिस गरिरहेको छ । गत भदौ १० गते मूख्यमन्त्री नियुक्त भएका आचार्यले नेकपा एमाले विभाजन भएपछिको अवस्थामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनु भएको थियो । एक महिना भित्र विश्वासको मत लिनुपर्ने भए पनि दशैंको बहाना बनाएर प्रदेश सभाको वैठक नै पर सारिएको थियो । आगामी आइतबार प्रस्तावमाथि मतदान हुने संभावना रहेको छ । प्रदेश १ मा हाल एमाले, ४१, नेपाली कांग्रेस २१, एमाओवादी १५, नेकपा एकीकृत समाजवादी १०, जसपा ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद रहेका छन् ।

Recent News