Devdaha Tv | समाज
मंसिर २२ २०७८ | 2021 Dec 08
Flash News

अझै केही दिन वर्षा हुने, प्रदेश १, बाग्मती र गण्डकीप्रदेशमा सतर्कता अपनाउन मौसमविद्हरुको सुझाव

1 month ago
अझै-केही-दिन-वर्षा-हुने,-प्रदेश-१,-बाग्मती-र-गण्डकीप्रदेशमा-सतर्कता-अपनाउन-मौसमविद्हरुको-सुझाव

कार्तिक ५ । आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भई वर्षा हुने छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। यसैगरी आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन भनेको छ । काठमाडौं उपत्यकामा पनि आज दिनभर र राती मौसम बदली रहने छ । मौसममा सुधार आएर घाम लाग्न आगामी सोमबारसम्म पर्खनुपर्ने पनि महाशाखाले जनाएको छ ।

Recent News